करोडौँका मालिकलाई ‘गरिब परिचयपत्र’, वास्तविक गरिबको हात रित्तो !

कैलाली, साउन १४ । खासमा ‘गरिब परिचयपत्र’ गरिब नागरिकले पाउनु पर्ने होइन ? तर, कैलालीको धनगढीमा भने यस्तो भएको छैन । यहाँ जो पहुँचमा छन् उनैले गरिब परिचयपत्र पाएका छन् ।

मुख्य बजार क्षेत्रमै २-३ तले घर भएका, दस बिघासम्म जग्गा र करोडौं लगानीमा इँटा उद्योग खोलेका उद्योगपतिसमेत गरिबको परिचयपत्र पाउने सूचीमा छन् । परिचयपत्र पाउनेमा नेता, कर्मचारी र जनप्रतिनिधिसमेत छन् । ‘गरिब परिचयपत्र आयो भनेर वडाभरि डम्फु पिटियो,’ धनगढी उप-महानगरपालिका १८ का वडाध्यक्ष मुरारी अधिकारीले भने, ‘धनीको नाम गरिबको परिचयपत्रमा उल्लेख भएर आएको रहेछ । वितरण प्रक्रियामै तनाव होलाजस्तो छ ।’

उनको वडामा आगामी २० गतेपछि परिचयपत्र वितरणको कार्यक्रम छ । ‘परिचयपत्र रद्द वा स्थगन गर्नुपर्छ । वास्तविक गरिब परिवारले पाउने गरी वितरण व्यवस्था मिलाइयोस्,’ उनले भने । अधिकारीको वडामा गरिब परिचयपत्र पाउनेको सूचीमा ६० प्रतिशतभन्दा बढी गरिबीको रेखामाथिका नागरिक छन् । कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्