काभ्रेमा पनि बलात्कारपछि बालिकाकाे हत्या

काठमाडौं, साउन १४ ।  कञ्चनपुरको भीदत्तनगरपालिकाकी १३ वर्षीया बालिकाको घटनाले चौतर्फि तरंग फैलाइ रहेका बेला काभ्रेमा पनि एक दुखत घटना बाहिर आएको छ । हिजो (आइतबार) सभामुख कृष्णबहादुर महराले भीमदत्तनगरपालिकाकी बालिका निर्मला पन्तमाथि बलात्कार पछि हत्या भएको घटनाको वास्तविक जानकारी गराउन सरकारलाई ‘रुलिङ’ गरेकै दिन काभ्रेमा पनि बालिका बलात्कारपछि हत्या भएको घटना बाहिर आएको हो ।

कञ्चरपुर घटनाको चार दिन बित्दा पनि सरकारले बालिका पन्त हत्यामा संलग्नलाई कारबाही गर्न नसकेको भन्दै सांसदहरूले चर्को आलोचना गरेपछि सभामुख महराले सरकारलाई रुलिङ गरेका थिए।

उता काभ्रेको तेमाल गाउँपालिका(१ स्थित देच्छेलिङ गुम्बा परिसरमा ९ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ। असार २० को राति घटना भए पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले आइतबार पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको छ।

फुपु मिना तामाङले पर पुरुषसँग यौन सम्बन्ध राखेको देखेकी एलिसालाई फुपुकै मिलेमतोमा हत्या गरिएको जिल्ला प्रहरी कार्यलयका एसपी रविराज खड्काले जानकारी दिए। बारा बारागढी गाउँपालिका(६ का २३ वर्षीय जोखन मन्सुरले एलिसाको हत्या गरेका हुन्। अन्नपूर्णमा खबर छ ।

कमेन्ट गर्नुहोस्