मन्त्रीको निर्देशनमा लाइसेन्स आवेदन लिन अस्वीकार

सिरहा, साउन १४ । आइतबारदेखि देशभरका यातायात कार्यायलमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फारम खुलेको छ । तर, प्रदेश २ को यातायात व्यवस्था कार्यालय लहान भने लाइसेन्सको फाराम खुलेको छैन ।

यसको प्रमुख कारण हो यो प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलको निर्देशन । उनको मौखिक निर्देशनका कारण लाइसेन्स फाराम रोकिएको हो । यातायात व्यवस्था विभागले गत असारमा स्थगन गरेको अनलाईन आवेदन एक महिनापछि खुलाएको थियो ।

कमेन्ट गर्नुहोस्