लुका मोड्रिच मेसी र रोनाल्डोभन्दा लोकप्रिय !

काठमाडौं, साउन १४ । लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोजस्ता स्टार खेलाडीलाई पछिपार्दै क्रोएसियाका मिडफिल्डर लुका मोड्रिच सबैभन्दा लोकप्रिय देखिएका छन्। वर्ष २०१७ को फिफा खेलाडी अवार्डका लागि विश्व उपविजेता क्रोएसियाका मोड्रिच सबैभन्दा लोकप्रिय देखिएका हुन् । फिफा वर्ष खेलाडी अवार्ड अवार्ड आगामी सेप्टेम्बर २४ गते लन्डनमा हुँदैछ ।

रोनाल्डोले गत वर्ष यो अवार्ड जितेका थिए। उनले लगातार दुई वर्ष मेसी र नेइमारलाई उछिन्दै यो अवार्ड जितेका हुन्। तर, यसपालि अवार्डको प्रमुख दावेदारको रुपमा मोड्रिच देखिएका छन्।

हालै गरिएको मत सर्वेक्षण अनुसार मोड्रिचलाई धेरैले मन पराएको छन्। स्पेनबाट प्रकाशित पत्रिका ‘एस’ ले गरेको सर्वेक्षण अनुसार ३० हजार व्यक्तिमा गरिएको सर्वेक्षणमा मोड्रिचलाई ४६ प्रतिशत मत परेको थियो।

सर्वेक्षणमा मोड्रिचलाई १४ हजार २ सय २७ मत (४६ दशमलव ७८ प्रतिशत) रोनाल्डोलाई १७ दशमलव ५९ प्रतिशत, मेसीलाई १४ दशमलव ४१ प्रतिशत, ग्रिजमनलाई १२ दशमलव ८ प्रतिशत, भारानलाई ३ दशमलव ६५ प्रतिशत, एम्बाप्पेलाई २ दशमलव ८३ प्रतिशत मत परेको थियो।

-एजेन्सी

कमेन्ट गर्नुहोस्