पाकिस्तानी राष्ट्रिय सभामा पहिलो पटक हिन्दू प्रतिनिधित्व !

इश्लामावाद । १६ बर्षपछि पहिलो पाकिस्तानको केन्द्रीय संसदमा गैरमुश्लिम सदस्य निर्वाचित बनेका छन् । त्यस्तै, पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का महेश मलानी पाकिस्तानको इतिहासमा राष्ट्रिय सभाको सांसद बन्ने पहिलो हिन्दू व्यक्ति बनेका छन् ।

पाकिस्तानी निर्वाचन आयोगलाई उद्धृत गर्दै पाकिस्तानी पत्रिका डनले दिएको जानकारी अनुसार मलानीले सिन्ध प्रान्तको एनए-२२२ (थारपारकर-दोस्रो) बाट निर्वाचन लडी एक लाख छ हजार ६३० मत ल्याई संसदमा प्रतिनिधित्व गरेका छन् भने, उनका निकटतम प्रतिद्वन्द्वी ग्रान्ड डेमोक्रेटिक गठबन्धनका अर्वाव जाकुल्लाहले ८७ हजार २५१ मत प्राप्त गरेका छन् ।

मलानी खाद्यान्नका लागि सिन्ध सभाका स्थायी समिति प्रमुख हुन् । पाकिस्तानी पूर्व राष्ट्रपति प्रवेज मुशर्रफले सन् २००२ मा गैरमुशलमान समुदायबाट मतदान तथा निर्वाचन लड्न पाउने कानूनी व्यवस्थाको सुनिश्चितता गरेका थिए ।

जस अनुसार पाकिस्तानी अल्पसङ्ख्यक समुदायले पनि केन्द्रीय, प्रान्तीय सभा तथा पाकिस्तानी सिनेटमा निर्वाचित हुन पाउने प्रावधान बनेको थियो । यस पहिले गत मार्चमा पीपीपी कै कृष्ण कुमारी थारपारकरबाट सिनेट सदस्यमा निर्वाचित बन्ने पहिलो महिला भएकी थिइन् । -रासस

कमेन्ट गर्नुहोस्