रोनीले गोल गरे तर नाक जोगाउन सकेनन् !

साउन १४ । वायने रोनीले अमेरिकाको मेजर लिग सरकार क्लबबाट आफ्नो पहिलो गोल गरेका छन् । इंग्ल्याण्ड तथा म्याचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर रोनीले सकर, डिसी युनाइटेडबाट क्लबबाट पहिलो गोल गर्न सफल भएका हुन् ।

उनको टिमले आइतबार घरेलु मैदानमा भएको खेलमा कोलोराडो र्यापिड्सलाई २-१ ले पराजित गर्यो । डिसीलाई जिताउन रुनीले गर्न सफल भए पनि नाक भने भाँचे । कोलोराडोका एक्सेल स्जोबर्गसँगको ट्याकलको क्रममा टाउकोले ठोक्किएर रुनीको नाक भाँच्चिएको हो । इन्जुरी समयमा डिफेन्स गर्ने क्रममा रोनीको नाक भाँच्चिएको थियो ।

उनको नाकमा पाँचवटा टाँका लगाइएको छ । रोनीले कोलोराडोका गोलरक्षक टिम होवार्डको खुट्टाबाट फुत्किएर आएको बल मार्फत सुन्दर गोल गरेका थिए ।

-एजेन्सी

कमेन्ट गर्नुहोस्