घर छाडेको ४७ वर्षपछि सम्पर्कमा !

लमजुङ, साउन १४ । घर छोडेर गएको ४७ वर्षपछि एक वृद्ध फेरि घर फर्किएका छन् । जिल्लाको बेँशीशहर नगरपालिका-२ भकुण्डेका प्रेमबहादुर खड्का ४७ वर्षपछि घर फर्किएका हुन् । करीब पाँच दशकसम्म घर परिवारसँग सम्पर्कविहीन खड्का बुढ्यौलीसँगै अशक्त अवस्थामा पुगेपछि सोधखोज गर्दै गाउँसम्म आई पुगका बताइएका छ ।

याे पनि पढ्नुस  कुखुरा आयातमा पनि कर

खड्काले भारतको मेघालयको एउटा गाउँ नजिकै रहेको जंगलमा गाई फारममा काम गर्दै आएको बताए । ‘बाचेर गाउँ फर्कन्छु भन्ने सोचेको थिइन् जन्मथलो आए, सबैसँग भेटघाट भयो, खुशी लागेको छ’ खड्काले भने ।

प्रेमबहादुरको उमेर ७० वर्ष नाघे पनि अहिलेसम्म नेपाली नागरिकता छैन । २००४ साल वैशाख १४ गते आफ्नो जन्ममिति भएको बताउने खड्का बाल्यकालदेखि नै काम सिलसिलामा भारतमा रहे पनि २०२८ सालमा बुबा चन्द्रबहादुर बित्दा जम्मा १४ दिन काजकिरियाको लागि घर आएका थिए ।

याे पनि पढ्नुस  सरकारी कार्यालयभित्र बिचौलियालाई रोक

बुबा बितेपछि आमा पनि अन्यत्र विवाह गरेर गएको बताउने खड्का अहिले सौतेनी आमापट्टिका छोराअर्थात् भाइ तिलकबहादुर खड्काको परिवारसँग बसेका छन्। खड्काले आफू अहिलेसम्म अविवाहित नै रहेको बताए ।

धेरै वर्षपछि घर फर्कने क्रममा भारतकै मेघालयमा कुटपिटका साथै लुटिएको खड्काले दुःखेसो पोखे। सातजनाको समूहले उनको साथमा रहेको २३ हजार भारतीय रुपैयाँसमेत लुटेको उनले बताए । कुटपिट गरेर जंगलमा फालिएका प्रेमबहादुरलाई मेघालयका स्थानीयले फेला पारेर बचाएका थिए । -रासस

कमेन्ट गर्नुहोस्