भारतमा बाढीको त्रास, दिल्लीमा यमुना खतराको रेखामाथि, १५० वर्ष पुरानो पुल बन्द, २७ रेलसेवा रद्द, यूपीमा ७० को मृत्यु,

नयाँ दिल्ली । उत्तर भारत र पहाडी क्षेत्रमा भइरहेको भारी वर्षाका कारण यमुना र गंगाको जलस्तर बढेपछि दिल्लीमा बाढीको खतरा देखिएको छ ।

हरियाणको हथिनीकुण्ड ब्यारेजबाट आइतबार साँझ १.१८ लाख क्यूसेक पानी छोडिएपछि यमुनाको सतह झनै आकाशिएको भारतीय मिडियाले जनाएका छन् ।

बाढीको खतरा हुनसक्ने जनाउँदै प्रशासनले यमुनानगर, करनाल सोनीपत, पानीपत, पलबल र मथुरालाई हाई अलर्टमा रखोका छन् । युमनाको जलस्तर आइतबार साँझ खतराको रेखा पार गर्दै २०५.५३ मीटरसम्म पुगेको थियो । यसबाट १५० वर्ष पुरानो युमना ब्रिज (फलामे पुल)मा रेल यातायात बन्द गरिएको छ । यसबाट करिब २७ रेल सेवा बन्द भएका छन् भने ७ वटालाई पथान्तरण गरिएको छ ।

आज सोमार युमनाको जलस्तर २०५.७५ मीटरसम्म पुग्ने अनुमान छ । २०७ मीटरको लेभल पुगेपछि वरिपरिको क्षेत्रमा पानी पस्न सक्छ । उता यमुनाको जलस्तर बढेपछि मथुराका कैयन् क्षेत्रमा पनि खतरा बढेको छ ।

यता उत्तर प्रदेशमा चार दिनमा ७० जनाको मृत्यु भएको छ । पछिल्लो चार दिनमा वर्षा, बाढी र चट्टयाङ खसेपछि ७० जनाको मृत्यु भएके हो भने ७७ जना घाइते भएको मिडियाले जनाएका छन् ।

मौसम विभागले आगामी २४ घण्टामा पूर्वाञ्चल र त्योसँग जोडिएका जिल्लामा भारी वर्षाको अलर्ट जारी गरेको छ ।

यसैगरी पटनालगायत बिहारमा पनि ठूलो पानी परेको छ । मौसम विभागले पुरै प्रदेशलाई रेड जोनमा राखेको छ । पूर्व उत्तर प्रदेश, असम, मेघालय। बिहा, बंगाल, सिक्किम, अरुणान्चल, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, उत्तराखण्ड, कर्नाटक र केरलामा पनि भारी वर्षा हुने मौसम विज्ञानले जनाएको छ ।

Feature Image: Prakash Singh/APF/Getty

कमेन्ट गर्नुहोस्