१३ वर्षीय बालिका हत्याकाण्डको अनुसन्धानका लागि सिबिआईको टोली कञ्चनपुरमा

भीमदत्तनगर, कञ्चनपुरको भीमदत्तनगरपालिकामा १३ वर्षीय किशोरीको हत्यासम्बन्धमा छानबीन गर्न केन्द्रीय अनुसन्धान ब्यूरोको टोली घटनास्थल पुगेको छ ।

१३ वर्षीय किशोरीको शव निम्बेखेडास्थित उखुबारीमा फेला परेको थियो ।

घटनाको चौतर्फी बिरोध भएपछि प्रहरीले तत्काल चासो लिँदै अनुसन्धान टोली पठाएको हो ।

व्युरोका डिएसपी अंगुर जिसीको नेतृत्वमा तीन सदस्यीय टोलीले घटनाको बिस्तृत छानबीन गर्ने बताएको छ ।

गत शुक्रबार भीमदत्त नगरपालिका– २ निवासी १३ वर्षीय निर्मला पन्तको शव भीमदत्तनगर १८ निम्बुखेडाको उखुबारीमा फेला परेको थियो । उनलाई बलात्कार गरी हत्या गरिएको भन्दै देशैभरी बिरोध शुरु भएको छ ।

स्थानीय सरस्वती उच्च माविमा कक्षा ९ मा अध्ययनरत निर्मला बिहीबार ११ बजे भीमदत्त नगरपालिका १८ मा रहेको साथीको घरमा होमवर्क गर्न जाने भन्दै गएकी थिइन ।

कमेन्ट गर्नुहोस्