जिम्बाबेमा मुगाबे सत्ताच्यूतपछि पहिलाे पटक आम निर्वाचन, मतदान जारी

हरारे, साउन १४ । पूर्व राष्ट्रपति रोबर्ट मुगाबे सत्ताच्यूत भएपछि पहिलो पटक सोमबार जिम्बाबेमा संसद्का लागि मतदान सुरु भएको छ । मतदान केन्द्रहरुमा ठूलो संख्यामा मतदाताहरु लामबद्ध देखिएका छन् ।

“मेरा भावी सन्ततीका लागि शान्त र समृद्ध जिम्बाबे चाहिएको छ । तैपनि परिस्थिति निकै जटिल छ,” २८ वर्षीय बेरोजगार युवा टावान्दा पेत्रुले बताए । उनी उत्साहपूर्वक मतदानमा सहभागी भएका छन् ।

याे पनि पढ्नुस  समानुपातिकतर्फको मतगणना सकियो, कुन दलले कति पाए विस्तृत विवरणसहित

कूल २३ स्थानका लागि भएको यस चुनावमा करिब ५० लाख मतदाता रहेका छन् ।

चुनावमा मुगाबेको सत्तारुढ जानु–पिएफ पार्टीबाट दोस्रो दर्जाका नेता इमर्सन मान्गाग्बा उम्मेदार छन् । उनी आर्थिक सुधार र समृद्धिप्रति प्रतिबद्धता जनाउँदै चुनावमा होमिएका छन् ।

तर उनलाई मुख्य विपक्षी दल मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमडीसी) का अध्यक्ष ४० वर्षीय नेल्सन चामिसाले कडा टक्कर दिने अनुमान गरिएको छ । यस दलले ४० वर्षदेखि सत्तामा रहेको जानु–पिएफलाई पराजित गर्ने उद्देश्य राखेको छ ।

याे पनि पढ्नुस  आज सिराहामा बिहान १० बजेसम्म ३५ प्रतिशत मतदान जारी

चुनावको पूर्वसन्ध्यामा रोबर्ट मुगाबेले पत्रकार सम्मेलन गरी आफैंले स्थापना गरेको जानु–पिएलाई मतदान नगर्ने भन्दै चामिसालाई समर्थन गर्ने संकेत दिएका छन् । रासस एपफपी

कमेन्ट गर्नुहोस्