तिलक र करिष्माको ‘भैंसी गयो खोलै खोल’ तीजगीत भिडियो युट्युबमा सार्वजनिक

काठमाडौं । नेपाली लोकगीत संगीतमा निकै रुचाइएका गायक तिलक ओली र गायिका करिष्मा डिसीको तीजको लोक कोसेली ‘भैसी गयो खोलै खोल’ गीतको भिडियो भर्खरै बजारमा आएको छ ।

नेपाली लोक सस्कृंतिको संरक्षण गर्दै आएको गाउँबेँसी म्युजिक प्रालिको प्रस्तुतिमा डेनु ओलीको सो गीत अहिले सर्वाधिक चर्चाको शिखरमा रहेको छ ।

तिलक ओलीको शब्द तथा मौलिक लय सिर्जना र एरेन्ज गीतमा रहेको छ ।

तीजगीत भएकाले आम दर्शक तथा स्रोताको मागअनुसार नै गीतको शब्द तथा लय सिर्जना गरेको गायक ओलीले बताए ।

भिडियोलाई गोविन्द विवसको छायाँकन, प्रेमकुमार थारुको सम्पादन रहेको छ ।

गीतको भावअनुसार जीवन्त अभिनय गोविन्द विवस, रिना थापामगरको रहेको छ ।भिडियोमा कुशलरुपमा निर्देशन गोविन्द विवसले गरेका छन ।

हेर्नुहोस भिडियो–

कमेन्ट गर्नुहोस्