बजाजले पल्सरकाे नयाँ माेडलकाे बाइक सार्वजनिक गर्दै, यस्ता छन् विशेषता

नयाँदिल्ली,साउन १४ । युवाहरुकाे पहिलाे राेजार्इमा पर्ने बाइक बजाज पल्सरकाे नयाँ भर्सन माेडल छिट्टै बजारमा अाउने भएकाे छ । स्राेतका अनुसार, बजाज अटो पल्सरकाे १६० सीसी माेडल, Pulsar NS 160 एबीएसयुक्त हुने छ । २०१९ Bajaj Pulsar NS 160 बाइक अक्टूबर २०१८ मा लञ्च गरिने भएकाे छ ।

बजाजकाे नयाँ पल्सर एनएस १६० मा सिंगल च्यानल एबीएसहित धेरै स्ट्यान्डर्ड विशेषता राखिने भएकाे छ । जुन यसअघिका पल्सर बाइकहरुमा छैन । तर यसकाे माेडल भने पूरानै राखिने भएकाे छ । यधपि लुक्समा भने केही परिवर्तन हुनेछ । जसमा नयाँ रंग र ग्राफिक्स हुने छ ।

याे मोटरसाइकलमा इन्जिन १६०‍.३ सीसीकाे रहने छ । बजाज अटो एलइडी डेटाइम रनिङ लाइटसहित पल्सर एनएस १६० बाइककाे अनुहार टाढैबाट देख्न मद्दत गर्ने छ । याे माेडलकाे बाइककाे बजारमा ठूलाे माऊ हुने अपेक्षा गरिएकाे छ ।

Bajaj Pulsar NS 160 काे बाइकले बजारमा TVS Apache RTR 160 4V, Suzuki Gixxer, Yamaha FZ-S र Honda CB Hornet 160R आदिसँग प्रतिस्पर्धा गर्नु पर्ने छ । यसमा १७ इन्चका अालयमिटर राखिने छ । बिकिनी फेयरिङ र स्लीक टेल सेक्शन याे बाइकमा अन्डर बेली एग्जस्ट सिस्टम राखिएकाे छ ।

Bajaj Pulsar NS 160 काे भारतकाे नयाँदिल्लीमा शोरूम मूल्य ८२६२४ भारतीय रुपैयाँ छ । तर सिंगल च्यानल एबीएस जडान गरेपछि यसकाे मूल्य बढ्ने छ । जसकाे भारतमा शाेरुम मूल्य ९५,००० रुपैयाँ हुने छ ।

कमेन्ट गर्नुहोस्