कम्बोडियाको संसदीय निर्वाचन पर्यवेक्षण गर्न गएका नेता नेपाल स्वदेश फिर्ता

काठमाडौं, साउन १४ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल कम्बोडियामा भएको संसदीय निर्वाचन पर्यवेक्षण गरी आज स्वदेश फर्किएका छन् । निर्वाचन पर्यवेक्षणका क्रममा उने कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग भेटघाट गरेका थिए ।

कम्बोडियामा आइतबार संसदीय निर्वाचन भएको थियो । सो निर्वाचनको पर्यवेक्षण गर्न सांसद सुजाता कोइराला र भानुभक्त ढकाल पनि कम्बोडिया गएका थिए ।

कमेन्ट गर्नुहोस्