पाठकमाझ रेणुकाले ल्याइन् पहिलो नेपाली महिलाकृत ‘ताङ्का संग्रह’

काठमाडौँ । जापानी साहित्यबाट नेपालमा भित्रिएको हाइकु साहित्यमा नेपाली लेखकहरूले चासो पछिल्लो समयमा दिन प्रतिदिन बढ्दै गएको पाइन्छ ।

यसैक्रममा धेरै लेखकहरूले हाइकु र ताङ्का लेखनमा आफ्नो कमल चलाउँदै आएका छन् ।

यसै परिप्रेक्ष्यमा नेपालकै पहिलो पटक महिलाकृत हाइकु संग्रह ‘साकुरा र सुस्केरा–२०५९’ पाठकहरू सामु ल्याएकी रेणुका भट्टराईले हालै ‘रेणुका भट्टराईका ताङ्काहरू’ नामक ताङ्का संग्रह नेपाली पाठकहरू माझ ल्याएकी छिन् ।

ताङ्का संग्रहका केही ताङ्काहरू–

मेरो अस्तित्व
बादलको फुल्का झैँ
आँसुको वर्षा
के शरद के गृष्म
जहिले पनि उस्तै ।

हाँसेको मान्छे
पुलकित भविष्य
गोहीको आँसु
छोडिजाने समय
के संझौता गर्ने र !

(रेणुका भट्टराईका ताङ्काहरूबाट)

यो संग्रह महिलाकृत पहिलो ताङ्का संग्रह हो । यसको प्रकाशन पेरोल साहित्य प्रतिष्ठान नेपालले गरेको हो । ११५ पृष्ठ रहेको यो संग्रहमा ८५ वटा ताङ्काहरू रहेका छन् ।

रंगीन कलेवरसहितको यो ताङ्का संग्रहको मूल्य २५१ रुपैयाँ रहेको छ ।

यस संग्रहभित्र हाइकु विद्यायन नेपालका अध्यक्ष वी.के. पाल्पालीले ‘रेणुकाको ताङ्का वाटिकामा एक नजर’ शीर्षक दिएर नेपाली ताङ्का र हाइकु साहित्य इतिहास र वर्तमान अवस्थाको बारेमा विश्लेषण टिप्पणी गरेका छन् ।

ताङ्का र हाइकु पारखी एवं अनुसन्धानकर्ताहरूको लागि यो पुस्तक उपयोगी हुने देखिन्छ ।

कमेन्ट गर्नुहोस्