भारतको असाममा ४० लाख मानिस गैरनागरिक, हिंसा भड्किने डरले २२ हजार सुरक्षाकर्मी परिचालन

असाम, साउन १४ ।

भारतको असम राज्यमा ४० लाख जनतालाई भारतीय नागरिक नमान्ने गरि सूची सार्वजनिक गरिएको छ । राष्ट्रिय नागरिक रजिष्टरले सार्वजनिक गरेको सूचीमा २ करोड ८९ जना मात्र असमका जनताको सूचीमा सूचीकृत भएका छन् ।

बंगालादेशबाट गैरकानुनी रुपमा आएका आप्रवासीहरुलाई पहिचान गर्न यो प्रक्रिया अपनाइएको अधिकारीहरुले बताएका छन् ।

४० लाख मानिसलाई भारतीय नागरिक नमान्ने गरि सूची सार्वजनिक भएपनि उनीहरुले आफ्नो दाबी पेश गर्न सक्ने प्रावधान रहेको छ । तर, यसले राज्यका अल्पसंख्यक आदिवासी समुदायमा विभिन्न आशंका पैदा गरेको छ । नयां सूची सार्वजनिक भएपछि हिंसा भड्कने आशंकामा २२ हजार अर्धसैनिक बल तैनाथ गरिएको छ ।

सन् १९७१ मार्च पहिलादेखि बसोबास गरेका मानिसलाई सूचीकृत गरिएको छ । सन् १९४७ को विभाजनमा केही व्यक्ति असमबाट पूर्वी पाकिस्तान तर्फ लागे तर, पनि उनीको जग्गा जमिन त्यहीं थियो ।

विभाजन पछि पनि उनीहरुको आउने जाने भने क्रम चलिरह्यो । तत्कालीन पूर्वी पाकिस्तान र पछि बंगलादेशबाट असममा गैरकानुनी ढंगबाट मानिसहरु आउने क्रम शुरु भएपछि त्यहां विदेशी नागरिकको मुद्धा पेचिलो बन्दै गयो ।

कमेन्ट गर्नुहोस्