भूकम्पपछि सयाैं पर्यटक सहयोगको प्रतिक्षामा

काठमाडौं, साउन १४ । शक्तिशाली भूकम्प गएको इन्डोनेशियाको लोम्बोक टापुको पहाडी क्षेत्रमा सयौँ पदयात्रीहरू उद्धारको प्रतीक्षामा रहेका बताइएको छ ।

पदयात्रीहरू फर्किने पदयात्रा मार्गहरू मूकम्पपछि झरेको पहिरोका कारण अवरुद्ध भएकाले पदयात्रामा गएका पर्यटकहरू लोम्बोक टापुको रिन्जानी पर्वतबाट तल झर्न नसकेको बताइएको छ।

याे पनि पढ्नुस  इण्डोनेसिया: चर्चभित्र भेटिए ३४ शव, प्रार्थनामा गएका ५२ अरू बेपत्ता

आइतवार विहान ६.४ म्याग्निच्युडको भूकम्प गएपछि कम्तीमा १६ जनाको मृत्यु भएको थियो भने कैयौँ भवन तथा संरचनाहरू भत्किएका थिए। भूकम्पपछि कैयौँ मानिस घाइते भएका थिए।

पीडितहरूको उद्धार गर्ने प्रयासमा अहिले सयौँ उद्धारकर्ताहरू खटिएको बताइएको छ।

उद्धार कार्य जारी रहँदा सोमवार इन्डोनेशियाका राष्ट्रपति जोको विडोडो भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा जाने कार्यक्रम छ। बीबीसी

याे पनि पढ्नुस  २० वर्षपछि नेपाललार्इ एसियाडमा रजत पदक

कमेन्ट गर्नुहोस्