सडक दुर्घटनामा बेहुलासहित एकै परिवारका १४ जनाकाे मृत्यु

मध्य भियतनाममा अाज (सोमबार) भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ व्यक्तिले ज्यान गुमाएका छन् ।

विवाहको पार्टीका लागि गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको थियो । सो भ्यानमा बेहुलासमेत रहेका प्रहरी स्रोतले जानकारी दिएको छ ।

मध्य भियतनामको क्वाङ नाम भन्ने स्थानमा भएको यस दुर्घटनामा बेहुलासहित एकै परिवारका अरु सदस्यको मृत्यु भएको हो । उनीहरु स्थानीय समयाअनुसार सोमबार बिहान २ः३० बजे छिमेकी प्रान्तमा रहेको बेहुलीको घर जाँदै थिए ।

प्रहरीले घटनाकाबारेमा छानबिन सुरु गरेको स्थानीय प्रहरीले जनाएको छ । गत वर्ष भियतनाममा सडक दुर्घटनामा परी करिब ८ हजार २०० व्यक्तिको मृत्यु भएको थियो । अघिल्लो वर्ष पनि सो संख्या ८ हजार ६०० थियो ।

कमेन्ट गर्नुहोस्