जोशी प्रधानन्यायाधीश नहुने स्पष्ट संकेत, संसदीय सुनुवाई समितिमा विवाद

काठमाडौं, साउन १४ ।

सिंहदरबारमा जारी संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा प्रतावित दीपकराज जोशीको प्रस्तावलाई अनुमोदन नगर्ने संकत देखिएको छ ।

बैठकमा नेकपाका नेताले जोशीलाई अस्विकृत गर्न म्यन्डेट दिएका छन् । कांग्रेसको सहमतिमा सर्वसम्मत रुपमा अस्वीकृत गर्ने प्रयास भइरहेको स्रोतले जनाएको छ । बैठकमा आजको छलफल स्थगित गर्न चाहेको र अर्को बैठकमा सर्वसम्मतले नै जोशीलाई अस्वीकृत गर्ने संकेत देखिएको छ ।

कायममुकायम प्रधानन्यायाधीश जोशीसँग बिहीबार समितिले झन्डै चार घन्टा सुनुवाइ गरेको थियो । पर्याप्त छलफल आवश्यकता औँल्याउँदै शुक्रबार दिउँसो ३ बजे बैठक बोलाएपनि फेरि आइतबारसम्म स्थगित भएको थियो ।

आइतबारको बैठक पनि सांसदहरूको कार्यव्यस्तताको कारण देखाउँदै स्थकित भएको थियो । आज दिउँसो २ बजेका लागि बोलाइएको थियो । निर्णय गर्ने भन्दै बैठकमा सञ्चारकमीहरुलाई प्रवेश निषेध गरिएको छ ।

कमेन्ट गर्नुहोस्