धडकले धडकायो बक्स अफिस, १० दिनमा १ अर्ब कमाई

मुम्बई, चलचित्रको कथाबस्तु जे जस्तो भएपनि कहिलेकाहिँ चर्चाले पनि फिल्म चल्ने गर्दछ । यस्तै देखिएको छ बलिउडमा ।

डेढ साता अघि रिलिज भएको चलचित्र धडकको समीक्षकहरुले उतिसारो प्रशंसा नगरेपनि बक्स अफिसमा भने चलचित्रले राम्रै व्यापार गरेको छ ।

दिवगंत नायिका श्रीदेवीकी छोरी जान्ह्वीले अभिनय गरेको चलचित्रले १० दिनमा ६३ करोड भारतीय रुपैयाँ व्यापार गरेको बक्स अफिसले जनाएको छ ।

त्यसो त यही बीचमा हलिउड सुपरस्टार टम क्रूजको चलचित्र एम–१६ यही बेला रिलिज भएको थियो । तर यसले धडकको व्यापारमा भने खासै असर गरेन । चलचित्र विश्लेषक तरुण आदर्शले ट्विट गरे अनुसार, धडकको साप्ताहिक कलेक्सन शानदाररुपमा बढेको छ । चलचित्रले अघिल्लो साताको तुलनामा दोश्रो हप्ता राम्रो कमाई गरेको छ ।

यो कमाई नव नायिकाको चलचित्रले अहिलेसम्म गरेको थिएन । जान्ह्वीले भने आफ्नो डेब्यूबाटै आमाजस्तै प्रशंसा पाउने लक्षण देखाइसकेकी छिन् । चलचित्रको निर्देशन करण जौहरले गरेका हुन ।

कमेन्ट गर्नुहोस्