‘बेनजीर भुट्टोलाई बिहेअघि सेक्समा कुनै आपत्ति थिएन’

पाकिस्तान जस्तो कट्टर धार्मिक मान्यता भएको देशमा राजनीतिमा केही गर्छु भन्ने महत्वाकांक्षा बोक्नेका लागि यो निकै बोल्ड एजेण्डा थियो ।

रेहान फजल/बिबिसी

सन् १९७७ मा बेनजीर भुट्टो अक्सफोर्ड विश्वविद्यालयको यूनियनको अध्यक्षमा चुनिएका थिइन । यही समयमा भारतका करन थापार क्याम्ब्रिज सोसाइटीका अध्यक्ष बनेका थिए ।
यी दुबै संस्था क्याम्ब्रिका चर्चित यूनियन थिए । संयोग, दुबैमा एकजना पाकिस्तानी र एकजना हिन्दुस्तानी निर्वाचित भएका थिए ।

थापर र भुट्टोबीच यी समितिको नेतृत्व लिनुभन्दा केही महिना अघि मात्रै भेट भएको थियो ।
बेनजीरसँग आफ्नो पहिलो भेटबारे करन थापरले रोचक खुलासा गरेका छन् । उनी भन्छन्– अहिले पनि सम्झना छ, बेनजीरले क्याम्ब्रिजमा आएको बेला बिहेअघिको सेक्समाथि कुनै आपत्ती हुन नपर्ने विषयमा बहस गराउन प्रस्ताव राखिन ।

पाकिस्तान जस्तो कट्टर धार्मिक मान्यता भएको देशमा राजनीतिमा केही गर्छु भन्ने महत्वाकांक्षा बोक्नेका लागि यो निकै बोल्ड एजेण्डा थियो ।

‘यसबारे पहिलो पटक कुरा चल्दा मैले बैठकमा बेनजीरको विचार जान्ने उद्देश्यसहित सोधेँ पनि’ करन भन्छन्, “तपाईले जसरी भनिरहनु भएको छ, के आफ्नो नीजि जीवनमा त्यसलाई लागु गर्ने हिम्मगत गर्नुहुन्छ त ?”

“मैले यो सोध्ने बित्तिकै त्यहाँ उपस्थिति भएकाहरु मज्जैले हाँसे, उनीहरुले ताली पिते” ‘मेरो प्रश्न थापार भन्छन् ।

ताली नरोकिँदासम्म बेनजिर केही बोलिनन् । त्यसपछि आफ्नो अनुहारबाट चश्मा निकालिन्, नाक पुछिन् र मसँग आँखा जुधाएर भनिन्, ‘अवश्य सक्छु, तर तपाईंसँग होइन ।’’
इस्टरको छुट्टीमा करनलाई बेनजिरको फोन आयो । त्यतिबेला दुबै युनियनका अध्यक्ष थिए । उनले फोनमा भनिन्, ‘के म आफ्नी साथी अलिसियासँग केही दिनका लागि क्याम्ब्रिज आउन सक्छु रु’

त्यति बेलासम्म क्याम्ब्रिजको होस्टलमा बस्ने धेरैजसो विद्यार्थी आफ्नो घर गइसकेका थिए । बेनजिरलाई बस्ने कुनै समस्या थिएन त्यसकारण करनले हुन्छ भनिदिए ।

करन सम्झिन्छन्, ‘क्याम्ब्रिजमा आफ्नो अन्तिम दिन बेनजिरले हामी सबैलाई आफ्नो हातले बनाएको खाना खुवाएकी थिइन् । र त्यो निकै स्वादिष्ट खाना थियो १ कफीपछि अचानक बेनजिरले आइसक्रिम खान जाऔं भनिन् । हामी सबैजना उनको निकै सानो एमजी कारमा कोचाकोच गरेर बस्यौं । सबैले आइसक्रिम खान क्याम्ब्रिज जाँदै छौं भन्ने सोच्यौं तर स्टेयरिङ ह्विल सम्हालेकी बेनजिरले गाडी लण्डनतर्फ मोडिन् । त्यहाँ हामी सबैले बास्किन–रोबिन्सको आइसक्रिम खायौं । हामी राती १० बजे गएका थियौं र साढे एक बजे क्याम्ब्रिज फर्कियौं ।
करन भन्छन्, ‘भोलिपल्ट बिहान अक्सफोर्ड फर्कनु अघि उनले मलाई ४५ आरपीएमको एउटा रेकर्ड दिइन्, जसमा एउटा गीत थियो, ‘यू आर मोर देन अ नम्बर इन माई लिटिल रेड बुक’ । उनले हाँस्दै भनिन्, ‘मलाई थाहा छ कि तिमीले जताततै यसबारे भन्नेछौ तर यदि तिमीले यस्तै गर्यौ भने म आफ्नो मनले सोच्नेछु कि तिमी आखिर एउटा फटाहा भारतीय त हौ ।’
यसैबीच करन पत्रकार बने । उनले सुरुमा ‘द टाइम्स’मा काम गरे त्यसपछि उनी एलडब्लूटी टेलिभिजनमा रिपोर्टर भए ।

बेनजिर पाकिस्तानबाट निस्किएपछि लण्डनमा बस्न थालिन् । दुबैको क्याम्ब्रिजबाट सुरु भएको दोस्ती प्रगाढ भयो र एक दिन बेनजिरले करनलाई भनिन्, ‘तिमी मलाई आफ्नो घरमा किन बोलाउँदैनौ ?’

‘श्रीमती निशाको पनि बेनजिरसँग सम्बन्ध राम्रो भयो । एक दिन उनीसँग हामी आफ्नो फ्ल्याटको भुइँमा बसेर वाइन र चुरोट पिउँदै कुरा गरिरहेका थियौं । त्यो जमानामा बेनजिर चुरोट पिउने गर्थिन् । बेनजिरले त्यतिबेला भनिन्, ‘हामीले यति धेरै वाइन पिइसक्यौं कि तिमीले आफ्नो कारमार्फत मलाई घर छोड्नु सुरक्षित हुने छैन ।’’

उनले भने, ‘बेनजिरले ट्याक्सीमा घर जाने बताइन् किनभने उनका अनुसार यदि कुनै पुलिसले हामीलाई मातेको अवस्थामा समाते भने अर्को दिन राम्रो हेडलाइन बन्नेछ । बेनजिरलाई यो पनि डर थियो । जब ट्याक्सी ड्राइभर मेरो घर नजिकै आइपुगे तब उनी भारतीय उप–महाद्वीपको नै भन्ने थाहा भयो । ’

करनले भने, ‘बेनजिरले छुटिट्ने बेला मेरी श्रीमतीको गालामा चुमिन् । तर मेरा सामू आफ्नो हात बढाइन् । मलाई अलि अचम्म लाग्यो किनभने यसअघि बेनजिरले छुट्टिने बेला सधैं आफ्नो गाला मितर बढाउने गर्थिन् ।’

करन याद गर्छन्, ‘उनले निकै सानो स्वरमा ट्याक्सी ड्राइभर उनकै इलाकाको भएकाले कसैले उनलाई चुम्बन गरेको देख्न नहुने बताइन् ।  ‘म एक मुश्लिम देशकी अविवाहित महिला हुँ ।’’ उनकाे तर्क  थियाे ।

कमेन्ट गर्नुहोस्