को बन्ला प्रधानन्यायाधीश ? यस्तो छ परिषदकाे प्रस्ताव

काठमाडौं, साउन १४ ।

आज बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रधानन्यायाधिशका लागि प्रस्तावित दिपकराज जोशीको नाकम अनुमोदन नगर्ने संकेत देखिएपछि लामो समयदेखि खाली रहेको प्रधानन्यायाधीशको पद अन्योल बनेको छ । आज बसेको समितिको बैठक पनि विना निष्कर्ष स्थगित भएको छ ।

समितिको आजको बैठकमा नेकपाका नेताले जोशीलाई अस्विकृतका लागि अघि सारेको प्रस्तावमा कांग्रेसले कुनै निर्णय दिन सकेको छैन । कांग्रेसले निर्णय दिन नसक्दा स्थगित भएको आजको बैठक बुधबार ३ बजेका लागि तय गरिएको छ ।

गत चैत १३ मा बसेको न्यायपरिषदको बैठकले प्रधानन्यायाधिशका लागि जोशीसहित ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणाको अभिलेख संवैधानिक परिषदमा पठाएको थियो ।

तीनमध्ये कायम मुकायम प्रधानन्यायाधीश रहेका जोशीलाई संवैधानिक परिषदले प्रधानन्यायधीशमा सिफारिस गरेको थियो । जोशीको नाम सुनुवाई समितिबाट अस्विकृत भए मिश्रलाई प्रधानन्यायाधिश बनाउने प्रवल सम्भावना रहेको स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्