क्रिस गेल: क्रिकेटमा आगामी खेलबाट विश्व रेकर्ड बनाउँदै

काठमाडौं, साउन १४ । वेस्टइन्डीजका विष्फोटक व्याट्सम्यान क्रिस गेलले नयाँ आगामी म्याचका नयाँ विश्व रेकर्ड बनाउने सम्भावना रहेको छ । क्रिस गेल अन्तरराष्ट्रिय क्रिकेटमा सबैभन्दाबढी छक्का बनाउने खेलाडी बन्ने भएका हुन ।

गेलले बंगलादेशविरुद्ध तेस्रो तथा अन्तिम वनडे म्याचमा ७३ रनको पारी खेलेका थिए। यधपि उनको त्यो पारीले पनि टीमलाई जिताउन भने सकने । तर यो पारीका दौरान उनले ५ छक्का प्रहार गरेर पाकिस्तानका व्याट्सम्यान शाहिद अफरीदीको विश्व रिकर्डसँग बराबरी गरे ।

गेल तोड्दै अफरीदीको रिकर्ड
यसअघि अन्तरराष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने वा बनाउने विश्व रेकर्ड शाहिद अफरीदीको नाममा थियो । अफरीदीले अन्तराष्ट्रिय क्रिकेटमा ४७६ छक्का बनाउनका छन् ।

पछिल्लो म्याजमा गेलले पाँचवटा छक्का प्रहार गर्दै अफरीदी बराबरी छक्का बनाएका छन् । अफरीदीले ५२४ खेलबाट ४७६ छक्का बनाएका थिए । गेलले चमत्कार गर्दै ४४३ खेलमा ४७६ छक्का प्रहार गरे ।

अब गेलको अन्तरराष्ट्रिय क्रिकेटमा एउटा मात्रै छक्का प्रहार गरे सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडीको विश्व रेकर्डमा आफ्नो नाम लेखाउन सफल हुने छन् । साथै उनी कम खेलमा धेरै छक्का बनाउने खेलाडी त भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्