बंगलादेशमा डाक्टर पढ्ने विद्यार्थीद्वारा पूर्व मन्त्री गगन र व्यापारी प्रसाईविरुद्ध आन्दोलन घोषणा

काठमाडौं, साउन १४ । मेडिकल कलेज बिएन्डसीका सञ्चालक दुर्गा प्रसाईं र पूर्व स्वास्थ्यमन्त्री गगन थापाले दिएको अभिव्यक्तिका कारण बंगलादेशमा अध्ययनरत विद्यार्थी तथा अभिभावकमा नकारात्मक असर पुगेको भन्दै ‘नेप्लिज स्टुडेन्ट एसोसिएसन बंगलादेश’ले कडा आपत्ति जनाउँदै कारबाहीको माग गरेको छ।

आइतबार जारी विज्ञप्तिमा एसोसिएसनले व्यापारी प्रसाईं र नेता थापाको टिप्पणीमा कुनै सत्यता नरहेको जनाएको हो । सोमबार ढाकास्थित नेपाली दूतावासमा ज्ञापनपत्र बुझाउने, १७ गते ढाकामा सांकेतिक विरोध जनाउने र १८ गते दूतावासमा धर्ना कार्यक्रम तय गरिएको छ।

मेडिकल व्यापारी प्रसाईंले बंगलादेशमा पढ्न जाने छात्रा विद्यार्थीमाथी अवाञ्चित आरोप लगाएका थिए भने नेता थापाले बंगलादेश पढ्न जाने ९० प्रतिशत विद्यार्थी सर्टिफिकेट पक्का भएपछि मात्र जान्छन् भन्ने अभिव्यक्ति दिएका थिए।

कमेन्ट गर्नुहोस्