लोकदोहोरी गीत ‘१,२,३’ को म्युजिक भिडियो बजारमा

काठमाडौं, साउन १४ । नव गायिका सबु दाहाल र दिनेश तिमल्सिनाको लोक दोहोरी गित “१,२,३” को म्युजिक भिडियो बजारमा आएको छ। सवु इन्टरटेण्ट्मेन्टको प्रस्तुतिमा बजारमा आएको १ २ ३ बोलको गितमा चर्चित लोक दोहोरी गायिका गिता देविको लय साथै महेश नेपालको शब्द रहेको छ ।

काभ्रेली संगितकार बिस्णु तामाङको संगित सम्योजनमा बनेको यस लोक दोहोरी गितमा चर्चित गायिका गिता देविको साथमा नव कलाकार सवु दहाल् र दिनेश तिमल्सिनाको पहिलो रेकर्डेड आबाज हो।

रमणीय बाताबरणमा तयार गरिएको म्युजिक भिडियोलार्इ उत्तम हुमागाइले छायांकन गरेका हुन। सरोज राज भट्टराईले निर्देशन गरेको यस गितको म्युजिक भिडियोमा सन्तोष गुरुङ, शान्ती कायस्थ र सबिन दहालको निकै राम्रो अभिनय देख्न सकिन्छ। सव नम फिल्मस प्रालिले दृश्य निर्माण गरेको यो लोक दोहोरी गित हाइलाइट नेपाल मार्फत युटुब च्यानलमा उपलब्ध रहेको छ।

कमेन्ट गर्नुहोस्