पहिलो वाइड बडी ‘अन्नपूर्ण’ विमानको व्यवसायिक उडान बुधबार दोहा

काठमाडौं, साउन १४ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ विमानले यही साउन १६ गते देखि व्यावसायिक उडान शुरु गर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आज सो विमानलाई उडान अनुमति ९एओसी० प्रदान गरेपछि निगमले उडान तालिका सार्वजनिक गरेको हो ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार निगमको पहिलो वाइड बडी जहाजले राति १० बजे उडान गर्नेछ । निगमको जहाजले सातामा तीन उडान गर्नेछ । ‘नाइन एन एएलवाई’ कलसाइन दिएको उक्त वाइड बडी ए ३३०–२०० सिरिजको विमानले पुरानो गन्तव्य कतारको राजधानी दोहाबाट आफ्नो पहिलो उडान भर्न लागेको निगमले जनाएको छ । दोहाका लागि निगमको २७४ सिट नै भरिसकेको छ ।

याे पनि पढ्नुस  वाइड बडी ‘अन्नपूर्ण’ विमानले भोलिदेखि व्यवसायिक उडान शुरु गर्ने

“दोहा उडानका लागि निगमले आज नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० बाट उडान अनुमतिपत्र (एओसी) पाएको हो”, महाप्रबन्धक कंसाकारले भन्नुभयो । “प्राधिकरणबाट आज अनुमति पाएका छौँ, भोलि मंगलबारसम्म सबै प्रक्रिया पूरा गरेर व्यावसायिक उडान शुरु गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो ।

वाइड बडीले भारतको नयाँ दिल्ली परीक्षण उडान ‘पुफिङ फ्लाइट’ गरिसकेको छ । पहिलो वाइड बडी गत असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले उक्त जहाज गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको परीक्षण उडान गरिसकेको जनाएको छ ।

‘अन्नपूर्ण’ नाम दिइएको सो जहाज गत असार १४ गते काठमाडौँ अवतरण भएको थियो । निगमले वाइड बडी ए ३३०–२२० सिरिजको जहाजमार्फत अन्तर्राष्ट्रिय उडानमा आफ्नो हिस्सा बढाउने लक्ष्य राखेको छ ।

याे पनि पढ्नुस  पूर्वगृह राज्यमन्त्री अन्सारी कतारमा

अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठनको छाता संगठन ९आइकाआ०ले व्यावसायिक उडान अघि परीक्षण उडान गर्नुपर्ने व्यवस्थाअनुसार सो प्रक्रियासमेत पूरा भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिशमा नै निगमको बाइड बडी जहाजले त्यस्तो उडान गरेको हो । निगमले उडानका लागि सबै प्रक्रिया पूरा गरेको छ । उक्त उडानमा निगमका प्राविधिक तथा अधिकारी सहभागी थिए ।

यस्तै निगमको ‘मकालु’ नाम राखिएको वाइड बडी जहाज यही साउन ११ गते काठमाडौँमा अवतरण भइसकेको छ । ‘नाइन एन एएलजेट’ कलसाइनको उक्त जहाज आइसकेको र उडान अनुमतिका लागि तयारी हालतमा छ । बढीमा अबको दुई साताभित्र त्यस्तो अनुमति प्राप्त हुनेछ ।

याे पनि पढ्नुस  हामी लगानी गर्छौं सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्छः गण्डकी प्रदेश समन्वय परिषद कतार

नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ नयाँ जहाज खरिद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास लिइएको छ । नयाँ विमान दोहा र दुबईमा उडाउने तयारी गरिएको र निकट भविष्यमा जापान र चीनका विभिन्न गन्तव्यमा उडान गर्ने तयारी गरिएको छ ।

निगमले नयाँ वाइड बडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँ दिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्