नेवाः पुचः युएईद्वारा खुल्ला भलिबल प्रतियोगिताको आयोजना

युएई ,साउन १४ ।नेवाः पुचः युएईले आउँदो अगष्ट २३,तारीख ईस्लाम धर्मावलम्बी हरुको महान चाड वकर ईदको अवसरमा खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरेको छ।

गत शुक्रबार वर दुबई स्थित मार्सल आर्टसको हलमा आयोजित पत्रकार सम्बेलनमा पुचःका खेलकुद संयोजक श्हिरालाल श्रेष्ठले भलिबल प्रतियोगिताको लक्ष्य युएईमा कार्यरत नेपाली बीचमा आपसी भाईचाराको सम्बन्ध प्रगाढ बनाउदै भलिबलमा अन्तर्राष्ट्रिय, र राष्ट्रिय स्तरका खेलाडी, लाई प्रत्साहन गर्दै नयाँ पिंढिका खेलाडीहरुलाई एक साथमा राखेर आफ्नो भलिबल अनुभवको साटासाट र खेलको स्तर उन्नतिको लागि अवसर दिने उदेश्य रहेको जानकारी दिएका छन।

याे पनि पढ्नुस  युएईमा एटीएम कार्ड सम्बन्धि नयाँ नियम,इमिरेट्स आइडी अद्यावधिक नगर्दा सम्म कारोबार बन्द

पत्रकार सम्मेलनमा नेवाः पुचःका उपाध्यक्ष राजेश प्रधान, भलिबल प्रतियोगिताका उपसंयोजक एवम सदस्य रवि शाही, सदस्य मनोज प्रसाद श्रेष्ठ तथा संरक्षक प्रमोद श्रेष्ठ को उपस्थिति रहेको थियो।

यस्तै खेल हुने स्थान जबेल अलिको लेवर क्याम्पको अन्तर्राष्ट्रिय स्तरको रबर लोर राखिएको कोर्टमा हुनेछ भने प्रतियोगितामा बढिमा १८ टिम रहने,र प्रत्येक टिममा ९ खेलाडि र १ जना म्यानेजर रहने संयोजक श्रेष्ठले जानकारी दिएका छन।

प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडिले फोटो सहित सामन्य शुल्कमा आफ्नो नाम दर्ता गर्न सक्नेछन भने सहभागी खेलाडि लाई खानाको ब्यवस्था पुचःले नै गर्ने बताएका छन । खेलमा जित हासिल गर्ने टिमलाई ठुलो धनराशिको ब्यबस्था गरिएको बताउदै पहिलो र दोश्रो हुने टिमले ट्रफी, पदक एवम नगद,र सर्वोकृष्ट खेलाडीले प्रमाण पत्र पाउने श्रेष्ठले जानकारी दिएका छन साथै रेफ्रि र अरु सहयोगीहरुलाई पनि प्रमाण पत्रको ब्यबस्था रहेको बताएका छन।

याे पनि पढ्नुस  सिन्धुपाल्चोक सेवा समाज यूएईकाे अध्यक्षमा नेपाल

खेलको गुणस्तरको हकमा, प्रतियोगिता अन्तर्राष्ट्रिय नियममा नै संचालन हुने र दर्तामा रहेका खेलाडी बाहेक अरुले खेल्न नपाउने उनको भनाइ छ।
प्रतियोगिताको मुख्य प्रायोजक “नेपाली चुल्हो, अबुधाबि” रहेको छ भने बिभिन्न व्यबसायी, ब्यक्तित्वहरुले प्रायोजनमा सहयोग गरेको आयोजकले जानकारी दिएका छन।

यस्तै प्रतियोगितामा प्राबिधिक सहयोग एभरेष्ट मार्शल आर्ट्सले गर्नेछ भने मिडिया कोअर्डिनेटर नेपाल पत्रकार महासंघ, युएई रहेको छ  मिडिया पार्टनरमा युएईका ३ र नेपालको३ मिडियाहरु नेपाल खेल, मोफसल अनलाईन, मानक मिडिया, नेपाल भाषा टाईम्स, नेपा खबर, डिसी नेपाल डट कम  रहनेछ। 

याे पनि पढ्नुस  दुबईमा कोरोना भाइरसको संक्रमणबाट नेपाली महिलाको मृत्यु

आफ्नो स्थापनाकाल पछि खेलकुदको क्षेत्रमा ऐतिहासिक भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हुँदा सबैलाई सहभागी हुन आयोजकले अनुरोध गरेका छन।

कमेन्ट गर्नुहोस्