अब सडक अवरुद्ध गरे ३ वर्ष कैद !

काठमाडौं, साउन १५ । अब सडक अवरुद्ध गर्नेलाई ३ वर्ष कैद हुने भएको छ । सामान्य घरझगडा हुँदा पनि सडक बन्द गर्ने र यात्रुलाई दुःख दिने भएकाले सडक अवरुद्ध गर्नेलाई ३ वर्ष कैद हुने भएको हो ।

यो कानून आगामी भदौ १ गतेबाट लागू हुने छ । सडक अवरुद्ध गरेमा ३ वर्ष कैद मात्रै नभएर ३० हजार रुपैयाँसम्म जरिवाना समेत हुन सक्ने छ । भदौबाट लागू हुने मुलुकी अपराघ (संहिता) ऐन, २०७४ को दफा ६७ मा यससम्बन्धी व्यवस्था गरिएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्