दिसाबाट निस्कियो सुनको सिक्री !

इटहरी, साउन १५ । ईटहरी-३ का सुरजकुमार नेपालले तीन दिनअघि मुखबाट निलेको सुनको सिक्री सोमबार दिउँसो दिसाबाट निस्किएको छ । कोसी अञ्चल अस्पतालमा निरन्तर प्रहरीको निगरानीमा रहेका नेपालले सोमबार दिउँसो सिक्रीसहित दिसा गरेको मोरङ प्रहरीका डिएसपी घनश्म श्रेष्ठले बताए ।

विराटनगर महानगरपालिका-९ जलजला चोकको राठी ज्वेलसरीबाट ११ साउन साँझ नेपालले गहना किन्ने बहानामा सुनको सिक्री निलेर चोरी गरेका थिए । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्