सरकारविरुद्ध आज कांग्रेसले देशभर प्रदर्शन गर्ने

काठमाडौं, साउन १५ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । सरकार अधिनायकवादी बाटोमा गइरहेकाले कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएको हो । कांग्रेस प्रवक्ता विश्वकप्रकाश शर्माले भने, ‘सरकार लोकतान्त्रिक मुल्य मान्यता विपरित अघि बढेकाले खबरदारी गर्न आज (मंगलबार) ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेका छौं ।’

यस्तै, प्रवक्ता शर्माले संसदमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने भए पनि अहिले एकै दलका सभामुख र उपसभामुख रहेका, महंगी रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको, निषेधित क्षेत्र तोक्दै नागरिक अधिकारको हनन गरेको तथा संवैधानिक अंगमा हस्तक्षेप गरेको ठहरसहित सबै जिल्लामा प्रदर्शन गरिने जानकारी दिए ।

काठमाडौंमा दिउँसो साढे २ बजे रत्नपार्क शान्ति बाटिकाबाट प्रदर्शन हुनेछ । शान्ति बाटीकाबाट भोटाहिटी, असन, इन्द्रचोक, विशालबजार हुँदै फेरि शान्तिबाटीकामै फर्किएर कोणसभा गरिने जिल्ला कार्यसमितिले जनाएको छ ।

कमेन्ट गर्नुहोस्