नेपाल र नेदरल्यान्ड्सबीचको सिरिज प्रत्यक्ष प्रशारण हुने

काठमाडौं, साउन १५ । नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको साढे चार महिनापछि बुधबार खेलमा डेब्यू गर्दैछ। नेदरल्यान्ड्सविरुद्ध हुने २ वटा खेलको सिरिजसँगै नेपालले एकदिवसीय खेलमा डेब्यू गर्न लागेको हो।

दुवै खेलमा नेदरल्यान्ड्सको आम्टर्डमस्थित भिआरए मैदानमा हुनेछ। त्यसका लागि नेपाली टिम नेदरल्यान्ड्स पुगिसकेको छ। इंग्ल्यान्डको विश्वप्रसिद्ध लर्ड्स मैदानमा नेपाल, नेदरल्यान्ड्स र एमसिसीसँग त्रिकोणात्मक टी-२० सिरिज खेलेर नेपाली टिम नेदरल्यान्ड्स पुगेको हो।

नेदरल्यान्ड्सबिरुद्धको डेब्यू एकदिवसीवसीय खेल नेपालको कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले नेपाल र नेदरल्यान्ड्सबीच हुने खेल कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने ट्वीटरमार्फत जानकारी दिएका छन्।

 

कमेन्ट गर्नुहोस्