कक्षा १२ काे नतिजा प्रकाशनको अन्तिम तयारी

काठमाडौं, साउन १५ । राष्ट्रिय परीक्षा नियन्त्रण बोर्डले गत बैशाखमा सञ्चालित कक्षा १२ को परीक्षाफल प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।

बोर्डका अनुसार परीक्षाफल प्रकाशनको सबै काम सकिएको र केही प्राविधिक काम मात्रै बाँकी रहेको जनाएको छ । नतिजा प्रकाशनको तयारी अन्तगर्त परीक्षाफलमा कुनै कमीकमजोरी भए नभएको सम्बन्धमा अहिले अन्तिम परिक्षण कार्य जारी रहेको नियन्त्रण कार्यालय स्रोतको भनाइ छ ।

कार्यालयका अनुसार आजै परीक्षाफल प्रकाशन गर्ने तयारी छ तर कुनै कारण बश आज नभए भोलि दिउँसो प्रकाशन गर्ने गरी तयारी भइरहेको छ ।

कमेन्ट गर्नुहोस्