मेलम्ची आयोजनामा कार्यरत मजदूर घाइते भए निशुल्क उपचार

मेलम्ची खानेपानी आयोजनाको निमार्ण कार्यमा घाइते भए नेपाल मेडिकल कलेजले निशुल्क स्वास्थ्य उपचार गरिदिने भएकाे छ ।

निर्माण कार्यका बेला  हुन सक्ने दुर्घटनाकाे मध्ये नजर गरि कामदार, कर्मचारी, स्थानीयवासीको उपचारका लागि आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) र नेपाल मेडिकल कलेज जोरपार्टीबीच सम्झौता भएको हो ।

निर्धारित समयमा मेलम्चीकाे पानी उपत्यकावासीकाे ङरमा झार्ने लक्ष्यसहित पिआईडीले मेलम्ची खानेपानी वितरणका लागि सुन्दरीजलकाे पानी प्रसोधन केन्द्रदेखि चावहिल धोबीखोलासम्म विछ्याएका ठूला पाईपहरूकाे फ्लसिङ (सफा) गर्ने  काम चलिरहेकाे छ ।

खानेपानी मन्त्री बिना मगरसहितकाे टाेलीले गत साउन ८ गते सुन्दरीजल तथा मेलम्ची खानेपानीका लागि निर्माण गरिएकाे सुरूङकाे स्थलगत अध्ययन गरेकाे थियाे । स्थलगत अध्ययनका क्रममा मन्त्री मगरले फ्लसिङको कार्य तत्कालै सम्पन्न गरी परीक्षण पश्चात पानी वितरणको व्यवस्था मिलाउन निर्देशन दिएकी थिइन् ।

 

घाइतेका लागि अस्पतालले दिने सेवा

  • घाइतेको आकस्मिक रुपमा भर्ना गरी उपचारको व्यवस्था गर्ने,
  • उपचारको क्रममा आवश्यक औषधि उपचारको व्यवस्था अस्पतालले गर्ने,
  • आवश्यकता अनुसार सहज रुपमा चेकजाँच गर्ने, 
  • सिफारीस गरि पठाएको बिरामीलाई अस्पतालमा उपलब्ध हुने मात्र औषधि उपचारको व्यवस्थाको सहजिकरण गर्ने रिफर गर्नु परे बिरामीको सम्पूर्ण उपचार काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले गर्ने
  • अस्पतालकाे अाफ्नाे फार्मेसी नभएकाेले अस्पताल  भित्र रहेको निश्चल  मेडिकल सेन्टर एण्ड फार्मेसीसँग समन्वय गरी अस्पतालले विल प्राप्त गरे पश्चात भुक्तानी गरिदिने ।

 

कमेन्ट गर्नुहोस्