इमरान खानलार्इ अाफ्नै कारण सकस

इस्लामाबाद । पाकिस्तानमा इमरान खान नेतृत्वको तहरिक-ए-इंसाफ पार्टीलार्इ सरकार बनाउन झनै समस्या अाएकाे छ ।  सबैभन्दा बढी सिटमा विजय हासिल गरेको छ र धेरैले अब इमरान खान पाकिस्तानको प्रधानमन्त्री बन्ने कुरामा शंका नरहेको बताइरहेका बेला यस्ताे समाचार अाएकाे हाे ।

सरकार बनाउन इमरान नेतृत्वकाे पार्टीले सानासाना दलहरूलाई साथ नलिएर जानुको विकल्प छैन।  कुल २७२ सिट रहेको पाकिस्तानी संसदमा उनको पार्टीले ११५ सिटहरूमा विजय प्राप्त गरेको छ। दुइ सिटमा निर्वाचन रद्द भएपछि हाल कायम संसद सदस्य संख्या २७० रहेको छ जसमध्ये सरकार बनाउन १३६ सदस्य सङ्ख्या आवश्यक पर्ने हुन्छ र त्यो जादुइ अङ्क बाट अझै  पार्टी २१ सिटले पछाडि  छ ।

तहरिक-ए-इंसाफ  पार्टीले दुई साना दल पीएमएल-क्यु र बलुचिस्तान अवामी पार्टीसँग मिलेर गठबन्धन गर्ने कुरा गर्दै छ।  यसो गरेपनि सदस्यसङख्या १२४ मात्र हुने देखिन्छ।

हुन् त यदि पार्टीले यी दुई पार्टीका अतिरिक्त एमक्युएम, जीडीए र निर्दलीय सांसदहरूसँग पनि हात मिलाउने हो भने यो संख्या सहजै १३७ पुग्ने देखिएको छ।  तर तत्काललाई भने इमरान खान र प्रधानमन्त्री पदकोबिचमा गणपुरक संख्या पर्खाल बनेर उभिएको छ । तर एउटा अर्को कारणले समेत इमरान खानको पार्टी समस्यामा परेको देखिन्छ र त्यो कारण अरु कोही नभएर स्वयम् इमरान नै हुन्।

इमरानले यस निर्वाचनमा पाँच  निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका थिए र सबैमा विजय समेत हासिल गरेका थिए तर नियमानुसार अब उनले ४ स्थान छोड्नु पर्नेछ।  यस्तो अवस्थामा पार्टीका सिटसङ्ख्या  घटेर १११ पुग्नेछ र जसले एक एक सिटका लागि संघर्षरत पार्टीलाई सरकार बनाउन झनै समस्या ल्याइदिएको छ।

एजेन्सीहरू

 

कमेन्ट गर्नुहोस्