पश्चिम बंगालमा पनि अवैध प्रवासीको पहिचान गर्ने बीजेपीको घोषणा

नयाँदिल्ली,साउन १५ । भारतीय जनता पार्टी (बीजेपी) ले आसामपछि अब पश्चिम बंगालमा पनि अवैध प्रवासीका पहिचान गर्ने बताएको छ । यसअघि अासाममा अवैध प्रवासी पहिचान गर्ने भन्दै ४० लाखभन्दा धेरै नागरिकलार्इ गैर नागरिक भएकाे बताएकाे छ ।

बीजेपीका अनुसार यदि उसले पश्चिम बंगाल जित हात पारे त्यहाँ पनि राष्ट्रिय नागरिकता रजिस्टर तयार पार्ने छ । पश्चिम बंगालमा बीजेपीका प्रभारी कैलाश विजयवर्गीयका अनुसार उक्त राज्यमा अवैध प्रवासीको संख्या करोड भन्दा बढी हुन सक्छ ।

भारतको असाममा ४० लाख मानिस गैरनागरिक, हिंसा भड्किने डरले २२ हजार सुरक्षाकर्मी परिचालन

उनले पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले नीतिका कारण ठूलो संख्यामा अवैध आप्रवासीका कारण भारतीय नागरिक शरणार्थी भएका छन् । उनले भने, ‘जो मानिस आसामबाट पश्चिम बंगाल शरण मााग्न आउछन् उनीहरुका शिविर बनाउने विषयमा विचार गरिरहेका छौं ।’

कमेन्ट गर्नुहोस्