कन्टेनर दुर्घटना हुँदा ३ जनाको मृत्यु

रसुवा, साउन १५ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ याङयाङ खोलामा कन्टेनर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । साथै दर्घटनामा परि एक जना गम्भीर घाइते भएका छन् ।

धुन्चेबाट रसुवागढी तर्फ जांदै गरेको ना ६ ख ४९२९ नम्बरको कन्टेनर मंगलबार अपरान्ह दुर्घना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त कन्टेनरमा चार जना रहेको बताइएको छ ।

मृतकको सनाखत हुन नसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताएका छन् । कन्टेनर के कारणले दर्घटना भयो त्यसबारेमा खुलाईको छैन । कन्टेनर सडकबाट करीब ३० मिटर तल खसेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्