गोरखामा का‌ंग्रेसको विसाल प्रर्दशन

गोरखा, साउन १५ । लोकतान्त्रिक अधिकारमाथि ओली सरकारले धावा बोलेको आरोप लगाउँदै नेपाली कांग्रेस गोरखाले विसाल प्रदर्शन गरेको छ ।

मंगलबार कांग्रेस पार्टी कार्यालय तीनधारेबाट विरोध हरमटारी चोकसम्म र्‍याली निकाल्दै कांग्रेसले वर्तमान सरकारलाई अधिनायकवादी चरित्र त्याग्न आग्रह गरेको हो । सरकार अधिनायकवादतर्फ अघि वढ्दै गएपछि बाध्य भएर लोकतन्त्र र नागरिकका आधारभूत अधिकार रक्षाका लागि आन्दोलन गर्नु परेको कांग्रेसका एक केन्द्रीय सदस्य बताए ।

दुई तिहाइको आडमा सरकार निरंकुश ढंगले अघि बढेको कांग्रेस केन्द्रीय सदस्य कमला पन्तले बताइन । विरोध सभालाई सम्वोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले ओली सरकार संविधान र कानुन विपरित अघि वढेको आरोप लगाए ।

संघीय संसदमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने प्रावधान भएपनी नियम विपरित एउटै दलबाट सभामुख उपसभामुख भएको भन्दै कार्यक्रमका सहभागीहरुले चर्को आलोचना गरेका थिए ।

र्‍यालीमा सरकार विरुद्ध चर्का नारावाजी गरिएको थियो ।

कमेन्ट गर्नुहोस्