युएईमा रहेका नेपालीलाई आममाफीमा सहभागी हुन दूतावासको आग्रह

युएई ,साउन १५ । नेपाली दूतावास युएईले गैर कानुनी रूपमा युएईमा कार्यरत नेपालीलाई युएई सरकारले ल्याउन लागेको आममाफी प्रक्रियामा सहभागी हुन अनुरोध गरेको छ।

मंगलवार एक सूचना जारी गर्दै दूतावासले बिदेशी कामदारलाई लक्षित गरि युएई सरकारले आगामी अगस्ट १ तारीखदेखि अक्टोबर ३१ तारीखसम्म लागू हुने गरि सुरु गर्न लागेको आममाफी प्रक्रियामा सहभागी भएर बैधानिक बन्न वा स्वदेश फर्किन गैर कानुनी रूपमा कार्यरत नेपाली लाई अनुरोध गरेको छ।

युएई सरकारले सुरु गर्न लागेको आममाफीको नयाँ नियम ३ महिना सम्मको लागि मात्रै भएको हुदा यथासिग्र आबस्यक कागजात र दस्तुर सहित दूतावासको कार्यलयमा सम्पर्क गारी स्वदेश फर्किन आवश्यक एक तर्फी यात्रा अनुमति पत्र वा नयाँ पासपोर्ट बनाउन दूतावासले सुचना मार्फत जानकारी दिएको छ।

दूतावासद्वारा जारी सूचनामा गैर कानुनी रूपमा बसोबास गरेका नेपालीले नयाँ पासपोर्ट बनाउनका लागि पुरानो राहदानीको कपी ,नेपाली नागरिकताको कपी प्रहरी रिपोर्ट (पुरानो राहदानी हराएको अवस्थामा), राहदानी बनाउनको लागि दस्तुर नियमितको लागि दिरहाम २००, हराएरर बिग्रिएर राहदानी बनाउनु परेमा ४००र नाबालको लागि दिरहाम १००, उल्लेख गरेको छ ।

यस्तै एकतर्फी यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्टका) लागि, पुरानो राहदानीको कपी भए पुग्नेछ भने यस्तो डकुमेन्ट निशुल्क जारी गरिने दूतावासले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्