इमरान खानलाई अमेरिकाको छिर्के, आइएमएफको ऋण पाउन गाह्रो

इस्लामाबाद । अगस्त ११ देखि पाकिस्तानको सत्ताको बागडोर सम्हालिरहेका पूर्व पाकिस्तानी क्रिकेट कप्तान इमरान खानको बाटो त्यति सहज छैन।

ठुलो आर्थिक संकटबाट गुज्रिरहेको देशलाई उकास्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट १२ अर्ब अमेरिकी डलरको ऋण लिन खोज्ने इमरानको योजना सफल होला जस्तो देखिन्न। यस्ताे भएकाे अवस्थामा याे उनलार्इ पहिलाे गाँसमै ढुङ्गा जस्तै हुनेछ ।

अमेरिकाको छिर्के

मिडियामा वर्तमान आर्थिक संकटबाट जुझ्न पाकिस्तानले आइएमएफसँग ऋण माग्न सक्ने समाचार आइरहेको बेला अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले आफूहरूले आइएमएफको प्रतिक्रिया हेरिरहेको चेतावनी दिएका छन्।

पोम्पियोकै शब्दमा, “हामीहरू आइएमएफले के गर्छ भन्ने राम्ररी नियालिरहेका छौं।  कोषले कुनै पनि प्रकारको गल्ती गर्नु हुन्न । ”

हुन त सिएनबिसीसँगको एउटा साक्षात्कारमा पोम्पियोले आफूहरूले पाकिस्तानसँग  पारस्परिक लाभको सम्बन्ध स्थापित स्थापित गर्न इच्छुक रहेको बताएका थिए।  तर उनले अहिलेको अवस्थामा पाकिस्तानलाई डलर दिइनु तर्कसंगत नरहेको बताए।

पोम्पियोका अनुसार आइएमएफको मुद्रा संचितिमा अमेरिकी डलरको भूमिका महत्वपूर्ण हुने गर्दछ।  उनका अनुसार पाकिस्तानलाई दिनु नै पर्ने भए चिनियाँ बोंड  दिइनु  पर्ने या चीनले नै उसलाई ऋण दिनसक्ने विचार व्यक्त गरेका छन्।

इमरानलाई रित्तो भाँडो

पाकिस्तानको डलर संचितिमा उल्लेख्य रूपमा कमी आएको छ र उसलाई तत्काल सहयोग चाहिएको छ।  उता चीनबाट उसले यसअघि नै ठुलो रकम उधारो लिइसकेको छ।

पाकिस्तानको प्रमुख समाचारपत्र ‘डन’मा प्रकाशित एउटा रिपोर्ट अनुसार इमरान  नेतृत्वको ‘तहरिक – ए – इंसाफ’ पार्टीले सरकार बने लगत्तै आइएमएफसँग  सहायताको लागि सम्पर्क गर्नेछ।

संकटग्रस्त अर्थतन्त्र

पाकिस्तानको निर्यातमा लगातार कमी आइरहेको छ र उसको ऋण दिनानुदिन बढ्दै गइरहेको छ। फाइनान्सियल टाइम्सका अनुसार पाकिस्तानका वरिष्ठ अधिकारीहरू कोषसँग  १२ अर्ब डलरको ऋण लिन आवश्यक तयारी गरिरहेका छन्।

उसो त समाचार एजेन्सी रोयटर्सले अन्तर्राष्ट्रिय मुद्रा कोषका एक जना प्रवक्तालाई उद्धृत गर्दै पाकिस्तानको तर्फबाट कोषलाई कुनै प्रकारको पनि अनुरोध आएको छैन।

यस्तो अवस्थामा पाकिस्तान फेरि  एकपल्ट चीनसँग  ऋण लिन सक्छ।  चीनको महत्वाकांक्षी परियोजना ‘बेल्ट एंड रोड प्रोजेक्ट’मा सामेल भए यता उसले चीनबाट ठुलो रकम ऋण लिइसकेको छ।  अर्थशास्त्रीहरूले पाकिस्तानलाई चीनसँग लिएको ऋणसम्बन्धमा चेतावनी दिइसकेका छन्।

चीनको बढ्दो ऋण

अर्थशास्त्रीहरूका अनुसार यस परियोजना अन्तर्गत पाकिस्तानमा जेजति काम भइरहेको  छ त्यसमा पाकिस्तानको स्वामित्व नरहन सक्छ।  रिपोर्टहरू अनुसार पाकिस्तानलाई चीनको ऋण तिर्न गाह्रो पर्न सक्छ।

डनले सोमवार प्रकाशित गररेको एउटा रिपोर्ट अनुसार चीन ‘चाइना पाकिस्तान इकनॉमिक करिडोर’मा अझ लगानी थप्न तयार रहेको छ।

घट्दो विदेशी मुद्रा संचिति

केही महिना यता पाकिस्तानको विदेशी मुद्रा भंडारमा ठुलो कमी आएको छ।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा  लगातारको वृद्धिले पाकिस्तानले गर्ने आयात महँगो हुँदै गइरहेको  छ।

स्टेट बैंक अफ पाकिस्तानले २०  जुलाइमा जारी गरेको तथ्यांक अनुसार पाकिस्तानसंग अब मात्र ९ अर्ब डलर विदेशी मुद्र मात्र बाँकी छ। यो रकम मुस्किलले २ महिनासम्म आयात गर्न मात्र पर्याप्त रहेको छ।

चीनले भने पाकिस्तानलाई लगातार ऋण उपलब्ध गरिरहेको छ।  गत आर्थिक वर्षमा मात्र उसले चीनसँग ५ अर्ब डलर ऋण लिएको थियो।  गत वर्ष डलरको तुलनामा पाकिस्तानी रुपैयाँ २० प्रतिशतले अवमूल्यन भएको थियो र पश्चिमा अर्थशास्त्रीहरूका अनुसार यस वर्ष रुपैयाँ अझै १० प्रतिशत तल खस्किन सक्छ।

कमेन्ट गर्नुहोस्