आफ्नो निर्णयबाट पछि हट्यो वीरगञ्ज महानगर

वीरगञ्ज, साउन १५ । उद्यागी–व्यवसायीको चर्को विरोधपछि वीरगञ्ज महानगरपालिका अघिल्लो गरेको कर बृद्धिको निर्णयबाट पछि हटेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघ, विभिन्न राजनीतिक दल र अन्य सरोकारवालाको चर्को विरोधपछि महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी यसअघिको निर्णय केहीमा हटाउने र केही बस्तुमा कर घटाउने तयारी गरिएको जनाइएको हो ।

पत्रकार सम्मेलनमा महानगरका मेयर विजय सरावगीले केही कर हटाइने, केहीमा संशोधन गरी घटाइने जानकारी दिए । मेयर सरावगीले वातावरण प्रदुषण तथा सडक मर्मत सुधार शुल्क, डिजेल र पेट्रोलमा लगाइएको शुल्क, डण्डी र सिमेन्टमा लगाइएको शुल्क, कुखुरामा लागेको शुल्क फिर्ता गर्न तयारी भएको जानकारी दिए ।

यस्तै कवाडी निकासी शुल्कको सन्दर्भमा कवाडी संघले दिएको सुझावलाई कार्यपालिका बैठकमा लैजाने, घरजग्गा तथा एकीकृत सम्पत्ति करलाई मालपोत कार्यालयले तोकको मुल्याङ्कन र मापदण्ड अनुसार नै गरिने तथा व्यवसायिक करलाई पनि परिमार्जन गर्न कार्यपालिका बैठकमा पेश गरिने मेयर सरावगीले बताए ।

महानगरपालिका कार्यपालिकाले गएको साता पारित गरेको कार्यविधिमा विभिन्न क्षेत्रमा कर लगाउने गरि व्यवस्था गरेको थियो । कार्यविधि पारित भएसँग वीरगञ्जका उद्योगी–व्यवसायी चरणबद्ध आन्दोलनमा थिए ।

कमेन्ट गर्नुहोस्