तीन महिनामा सशस्त्र प्रहरीका २१० अधिकृत कारबाहीमा

काठमाडौं, साउन १५। सशस्त्र प्रहरी बलले गएको पछिल्लो तीन महिनामा २१० जना अधिकृतलाई विभागीय कारबाही गरेको जनाएको छ । संगठनको मर्यादा विपरित कार्य गर्ने उच्चअधिकृतदेखि अधिकृतसम्मलाई कारबाही गरिएको बताइएको छ ।

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी बाबुराम पाण्डेका अनुसार वैशाख, जेठ र असार महिनामा मात्रै २१० जना अधिकृतलाई कारबाही गरिएको छ ।

याे पनि पढ्नुस  एपिएफसँग त्रिभुवन आर्मी पराजित

प्रवक्ता पाण्डेका अनुसार, ‘बैशाखमा ९०, जेठमा ८२ र असारमा ३८ जना अधिकृत कारबाहीमा परेका छन् । हामी अनुशासनहीन काम, कारबाही गरी जवाफदेही नहुने र आचरण विपरितका काम गर्ने कर्मचारीविरुद्ध कडा रुपमा प्रस्तुत भएका छौं ।’

पाण्डेका अनुसार यो अवधिमा कमाण्ड तथा जिम्मेवारी सन्तोषजनक नभएका ३ युनिटका प्रमुखलाई जिम्मेवारीबाट हटाइएको छ ।

याे पनि पढ्नुस  सशस्त्र प्रहरीमा २५ सयलाई जागीर

‘सिनियर र जुरियर अधिकृततर्फ वैशाखमा १/१ र जेठमा २/२ जना गरी ६ जना बढुवा रोक्का गरिएको छ’, पाण्डेले भने, ‘३६ जना जुनियर अधिकृत अन्य विभिन्न कारबाहीमा परेका छन् ।’

त्यस्तै, २ जना बिल्लादार तथा जवानलाई नोकरीबाटै हटाइएको पाण्डेले जनाए । उनका अनुसार ५ जना जिल्लादार तथा जवानको घटुवा, ५३ जनाको बढुवा रोक्का र १ सय ५ जनालाई अन्य कारबाही गरिएको छ ।

कमेन्ट गर्नुहोस्