यसरी अाउँदै छ वागमतीको पानी काठमाडौंवासीका घरमा (भिडियासहित)

काठमाडौं, साउन १५ । मेलम्ची खानेपानी काठमाडौंमा आउनु भन्दा पहिला वागमतिको पानी काठमाडौंबासीलाई वितरण गर्ने काम करीब अन्तिम चरणमा पुगेको छ । त्यसको तयारी स्वरुप अहिले सुन्दरीजलबाट वागमतिको पानी ल्याई मेलम्ची खानेपानी आयोजनाका लागि विछ्याइएको पाइप परीक्षण गर्ने र पलाख्ने (फ्लसिङ) को कामलाई परियोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) ले तीब्रता दिएको छ ।

पहिलो चरणमा सुन्दरीजलदेखि धोवीघाटसम्म करीब ११ किलोमिटर पाइप परीक्षण र फ्लसिङको काम भइरहेको पीआइडीका निर्देशक तिरेसप्रसाद खत्रीले जानकारी दिए । उनका अनुसार चरणमा गएको महिनादेखि शुरु भएको सुन्दरीजल–धोवीघाट फ्लसिङको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्मकै ठूलो तहमा मंगलबार पाँच हजार क्युविक मिटर प्रतिघण्टाका दरमा पाइप फ्लसिङको काम सम्पन्न भएको छ ।

यदि अहिलेकै गतिमा काम भए अबको चार पाँच दिनमा सो खण्डको फ्लसिङको काम सकिने उनले बताए । सुन्दरीजलदेखि घोवीघाटसम्म १७ वटा एयरभल्भ राखिएको छ । जुन पाइपमा जम्मा भएको हावा बाहिर निकाल्न प्रयोग हुन्छ । भने सो दुरीमा विभिन्न स्थानमा गरी सातवटा वासआउट राखिएको छ । वासआउटबाट पाइपमा आएको पानी बाहिर फ्याकेर पाइपमा जम्मा भएको वा जमेको फोहोर (माटो र बालुवा) बाहिर निकाल्ने गरिन्छ ।

सुन्दरीजलदेखि धोवीघाटसम्मको फ्लसिङको काम सकिएपछि । बाँकी क्षेत्रमा फ्लसिङको काम हुने शुरु हने छ । तर बाँकी क्षेत्रमा कम समयमा नै फ्लसिङको काम सकिने र फ्लसिङको काम सकिए लगत्तै काठमाडौंवासीलाई पानी वितरण गर्ने तयारीमा पीआइडी रहेको छ ।

उता खानेपानी मन्त्री बीना मगर पनि दशैंभन्दा अगाडि नै काठमाडौंवासीको धारामा पानी पुर्याउने मिसनमा रहेकी छन् । सो अनुरुप निर्देशन पनि दिएकी छन् ।

वागमतिकाे पानी धाेवीघाटमा

Posted by Ganesh Tiwari on Tuesday, 31 July 2018

कमेन्ट गर्नुहोस्