Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मन्त्रिपरिषद् पुनर्गठन हुँदै, फोरमबाट फेरि मन्त्री थपिने

काठमाडौं, साउन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । सत्तारुढ दलबीच चित्त बुझाउन प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले यसै साताभित्र मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी दिए ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको नियुक्ति, भूमि व्यवस्था तथा गरिबी निवारकमन्त्रीको बढुवा र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको शपथ एकैपटक हुने महासचिव पौडेलले बताए । प्रधानमन्त्री ओलीले १० साउनमा साबिकको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएर दुई मन्त्रालय बनाएका थिए ।

अब चक्रपाणि खनाल कृषि तथा पशुपक्षी मन्त्री मात्र हुने भएका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई नयाँ गठन गरिएको भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बनाउने तयारी गरिएको छ । अर्याललाई राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा गर्न लागिएको हो । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री बनेपछि अर्याललाई नयाँ मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो । संघीय समाजवादी फोरमबाट एक राज्यमन्त्री बन्ने भएका छन् । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: