अब सातै प्रदेशमा सशस्त्रको बाहिनी, एकैपटक युनिटै सरुवा हुने

काठमाडौं, साउन १६ । अब ७ वटै प्रदेशमा सशस्त्र प्रहरी बलको बाहिनी हुने भएको छ । अहिले कायम रहेको ५ वटालाई विस्तार गर्दै ७ वटा पुर्याइने भएको हो । नायब महानिरीक्षक डिआईजी एवम् प्रवक्ता बाबुराम पाण्डेले हालै बसेको मन्त्रिपरिषद्ले ‘सशस्त्र प्रहरी बलमा सांगठनिक पुनर्संरचना सम्बन्धमा संक्षिप्त संगठन तथा व्यवस्थापना सर्वेक्षण २०७५’ लाई स्वीकृत गरेपछि पुनर्संरचना थालिएको जानकारी दिए ।

उनका अनुसार सातवटा प्रदेशसहित उपत्यकामा थप एउटा गरी ८ वटा बाहिनी रहने छ भने सीमा सुरक्षा कार्यालयमा अहिले रहेको दुई सय ३७ जनशक्ति बढाई ६ सय २१ बनाइने छ । नयाँ संरचनामा विद्यमान तालिम केन्द्र यथावत् राखी सबै प्रदेशमा तालिम केन्द्र राखिने, ३८ अनाश्रित गुल्म बढाएर ५६ बनाउने, १७ स्थानमा आश्रित गुल्म राखी सबै जिल्लामा सशस्त्र प्रहरी बल परिचालित गर्ने र १ र ६ प्रदेशमा रहेका क्षेत्रीय अस्पतालहरुलाई सबै प्रदेशमा विस्तार गर्ने योजना रहेको पाण्डेले बताए ।

यस्तै, उनले सशस्त्र प्रहरीको नयाँ व्यवस्था अनुसार अब एक एक जना नभई एकैपटक युनिटै सरुवा हुने भएको जानकारी दिए । यसरी सरुवा हुँदा सशस्त्र प्रहरीमा थप उत्साह आउने विश्वास भएको पाण्डेले बताए । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: