Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

डा. केसीको अवस्था कस्तो छ ?

काठमाडौँ, साउन १६ । डा. गोविन्द केसीको स्वास्थ्य अवस्था अझै पनि सन्तोषजनक रूपमा राम्रो हुन सकेको छैन । अहिले पनि उनको सेतो रक्तकोशिकाको संख्या नबढेको, रक्तचाप ‘मेन्टेन’ नभएको र नसाबाट विभिन्नखाले औषधि दिइरहनुपर्ने भएका कारण अहिले पनि अस्पतालकै मेडिसिन विभागअन्तर्गत भर्ना गरी उपचार भइरहेको छ ।

तर, डा. केसीलाई आइसीयूबाट भने बाहिर निकालिएको छ । उनलाई मंगलबार त्रिवि शिक्षण अस्पतालको सामान्य वार्डमा सारिएको हो । २७ दिन लामो अनशनले कमजोर बनेका डा. केसीलाई ६ दिन आईसीयूमा राखेर उपचार गरिएको थियो । मंगलबार गरिएको रगत परीक्षण प्रतिवेदन र ईसीजीमा सुधारका संकेत देखिएपछि वार्डमा सारिएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: