Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

फेरि नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार

नयाँ दिल्ली, साउन १६ । भारतको नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार गरिएको छ । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालको नेतृत्वमा बुधबार बिहान उनीहरुको उद्धार गरिएको हो । यौन कार्यका लागि तेस्रो मुलुक पठाउन लागिएका उनीहरूको उद्धार गरिएको हो।

राति १ बजेदेखि बुधबार बिहानसम्म प्रहरीको सहयोगमा उनीहरूलार्इ राखिएको होटलमा छापा मारेर उनीहरूको उद्धार गरिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। एक साताको अवधिमा ७० भन्दा बढी महिलालाई भारतबाट उद्धार गरिएको छ । पीडित महिलाहरूले आफूहरूलाई रोजगारीको प्रलोभनमा दिल्ली ल्याइएको बताए। -एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: