Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ट्राफिक सिग्नलमा बसेर माग्नेलाई गुगलद्वारा जागिरको प्रस्ताव

क्यालिफोर्नियाको दक्षिणी सान फ्रान्सिस्को खाडी क्षेत्रमा अवस्थित सिलिकन भ्यालीमा माइक्रोसफ्ट, एप्पल, गुगल, फेसबुक जस्ता कम्पनीहरूका मुख्यालय रहेका छन्।

त्यहाँ जागिर पाउनु सबैको सपना रहे पनि यो त्यति सजिलो भने छैन। वर्षेनी लाखौं युवा सिलिकन भ्यालीमा नोकरीको सपना लिएर आउने गरेका भएपनि थोरैको सपना मात्र पूरा हुने गरेको छ।

२६ वर्षीय डेभिड कासारेज पनि यस्तै सपना लिएर सिलिकन भ्यालीको सबैभन्दा ठुलो सहर सेन्ट जोस पुगे।  उनीसँग  जागिर पाउने सपना थियो, उनी कुशल वेब डेभेलपर हुन् र उनीसँग  टेक्सास एग्रिकल्चर एण्ड म्यकेनिकल युनिभर्सिटीबाट स्नातकके डिग्री समेत थिये तर उनले जागिर भने पाउन सकेनन्।

उनको ठाउँमा अरू भएको भए ‘मेरो भाग्यमा नै रहेनछ’ भन्दै अन्यत्र प्रयास गर्ने जाने थियौं तर डेभिडले भने त्यसो गरेनन्।  बरू उनले आफ्ना लागि जागिर खोज्ने अनौठो तरिका निकाले।

उनले आजसम्म कम्पनीहरूले ‘काम गर्ने मानिस चाहिएको’ विज्ञापन गर्ने गरेकाेमा ‘आफैंले जागिर चाहिएको’ विज्ञापन गर्ने निधो गरे र त्यो पनि चोकमा बसेर।  उनी भिखारी जस्तै चोकहरूमा बस्न थाले  तर भिख हैन नोकरी माग्न।

उनी ट्राफिक सिग्नलहरूमा बसेर एउटा पोस्टर टाँसेर नोकरी माग्न थाले।  पोस्टमा लेखिएको थियो, “घरबारविहीन र सफलताको भोकले सताइएको, कृपया मेरो ‘बायोडाटा’ स्वीकार गर्नु होस्।”

डेभिडको यो तरिका जस्मिन स्कोफिल्ड नाम गरेकी महिलालाई खुबै मन परेछ।  उनले डेभिड र उनको ‘बायोडाटा’को तस्बिर सहित ट्विट गरिन्, “अद्भुत तरिका, यदि कोही सिलिकन भ्यालिबाट  हुनुहुन्छ भने यिनलाई सहयोग गरौँ न ! ” उनले उक्त ट्विट लाई रिट्विट  गरेर डेभिडलाई सहयोग गर्न समेत अपिल गरिन्।  त्यसपछि त ट्विटर मा ‘गेट डेभिड अ जब’ (डेभिडका लागि नोकरी खोजौं ) ह्याशट्याग नै सुरु भयो।

त्यसपछि त डेभिडकहाँ जागिरका प्रस्तावहरू धमाधम आउन थाले।  सिलिकन भ्यालीका प्रतिष्ठित कम्पनीहरू गुगल, नेटफ्लिक्स लगायत २०० साना-ठुला कम्पनीहरूले उनलाई जागिरको प्रस्ताव राखे।

डेभिड यसअघि अस्टिनमा जागिर गर्दथे र राम्रा अवसरको खोजीमा क्यालिफोर्निया आएका थिए।  तर जागिरका निम्ति कम्पनीहरूसम्म धाउँदा धाउँदा उनीसँग  भएको सबै पैसा रित्तियो।  उनीसँग घर भाडामा लिन समेत पैसा बाँकी नरहेपछि उनले कारमै सुत्ने गरेका थिए।

.

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: