Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

साेमपालले लिए पहिलाे विकेट

काठमाडौं, साउन १६ । नेपाल पहिलो एकदिवसीय क्रिकेट अन्तर्गत अहिले नेदरल्याण्डस्सँग उसकै घरेलु मैदानमा खेलिरहेको छ । आम्सडर्ममा पौने ३ बजे शुरु भएको खेलमा नेदरल्याड्सले टस जितेर पहिला व्याटिङ गर्ने निर्णय गरेको छ ।

नेपालका फास्ट बलर साेमपाल कामीले तेस्राे अाेभर बलिङ गर्दै नेदारल्याण्डसकाे टेर ब्राक पहिलाे विकेट झारेका छन् । आज पहिलो पटक एकदिवसीय किक्रेट खेल्दै छ भने नेदरल्याण्डस् चार वर्षपछि एकदिवसीय म्याच खेल्दै छ ।

गएको फागुनमा जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट खेल अन्तर्गत पपुवानियुग्यनीलाई पराजित गर्दै नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएको हो ।

यसअघि नेपाल र नेदरल्याण्डस् पाँच पटक आम्नेसाम्ने भएका थिए । जसमा नेदरल्याण्डस् तीन पटक र नेपाल दुईपटक विजयी भएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: