फेला परिन् संसारकै सबैभन्दा सुन्दर केटी

नाइजेरियाकी पांच वर्षीय बालिकालाई सामाजिक संजालमा सबैभन्दा सुन्दर बालिकाको रूपमा हेरिंदै छ। जेर जालाना नामकी यी बालिकाको तस्बिर स्थानीय फोटोग्राफर मोफ बामुयिवाले गत हप्ता इन्स्टाग्राम र ट्विटरमार्फत् सार्वजनिक गरेका थिए।

सामाजिक संजालमा तस्बिर अपलोड गरिनासाथ ती बालिकाले धेरैको मन जितेकी छिन्। उनलाई मानिसहरूले संसारकै सबैभन्दा सुन्दर केटी भनिएको छ र उनको तस्बिर भाइरल भएको छ।

सुन्दर निला आँखा, सफा वर्ण र घुम्रिएको कपाल भएकी यी बालिका पुतली जस्तै देखिएको सामाजिक संजाल प्रयोगकर्ताहरूले टिप्पणी गरेका छन्। उनका तीन वटा तस्बिरमा हालसम्म ५० हजारभन्दा बढी कमेंट्स आइसकेका छन्।

एउटा तस्बिरको क्याप्सनमा फोटोग्राफरले आफूले एउटा सह्क्तिशाली महिलाको तस्बिर लिएको भनेर लेखेका छन्। सन् २०१० मा पहिलोपल्ट सामाजिक संजालमा भाइरल ‘मोस्ट ब्युटिफुल गर्ल इन द वर्ल्ड, अभियान सुरु भएको थियो। त्यसबेला फ्रान्सकी थाइलेनको तस्बिर यसै गरेर भाइरल भएको थियो। उनी त्यस वर्ष ६ वर्षकी थिइन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: