विधुतीय ऐन विपरित भ्रम फैलाएकोप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण

धनगढी, साउन १६ । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसंग मंगलबार बिहान गरिएको टेलिफोन कुराकानीलाई बिधुतीय ऐन बिपरित सामाजिक संजालमार्फत सार्बजनिक गरिएको घटनाप्रति मुख्यमन्त्रीको सचिवालयको ध्यानाकर्षण भएको छ ।

मुख्यमन्त्रीसँग टेलिफोनमा गरिएको कुराकानी गैरकानूनी तवरबाट रेकर्ड गरी बिधुतिय ऐन बिपरित गोपनियताको ख्याल नगरी मानमर्दन गरेकोप्रति मुख्यमन्त्रीको सचिवालयकोे गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधवार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिवसिहं ओलीले टेलिफोनमा गरिएको संवादलाई राजनैतिक पूर्वाग्रही तवरले सामाजिक संजाल मार्फत जनतामा भ्रम फैलाउन सामाजिक सञ्जालमा राखिनु गैरकानूनी भएको भन्दै ध्यानकर्षण भएको बताईएको छ ।

याे पनि पढ्नुस  नियम मिच्दै धनगढी उपमहानगरपालिका

साउन १५ गते विहान १० बजे डोटी उधोग वाणिज्य संघका अध्यक्ष नरेन्द्र बहादुर खड्काले टेलिफोनमा गरेको संवादलाई मुख्यमन्त्रीको पदीय गरिमा र मर्यादालाई ख्याल नगरी राजनीतिक पूर्वाग्रहले व्यक्तिगत चरित्र हत्या गर्न खोजिएको सार्वजनिक विज्ञप्तीमा उल्लेख छ ।

गोपनीयता र सूचनाको हक सम्बन्धि ऐन २०६४ र विधुतिय (ईलेक्ट्रोनिक कारोवार) ऐन २०६३ लाई पनि ख्याल नगरी जनतामा भ्रम पार्न गरिएको प्रचारप्रति गम्भिर ध्यानार्कषण भएको बताइएको छ ।

याे पनि पढ्नुस  नेपाल र भारत जस्तो भाइचार सम्बन्ध अरु हुनै सक्दैन : मन्त्री बोहरा

प्रदेशको नाम र स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएको र प्रदेशसभावाट संसदीय सुझाव समिति गठन भई क्रियाशील रहेका बेला प्रदेश सरकार र मुख्यमन्त्रीलाई लक्षित गरि भएको टेलिफोन संवादलाई तोडमोड गर्दै अमर्यादित तवरले सामाजिक सञ्जालमा पोष्ट गरिनुले डोटीको दिपायलमा राजधानी बनाउने उद्देश्य भन्दापनि राजनीतिक पूर्वाग्रहवाट ग्रसित भएको उल्लेख छ ।

याे पनि पढ्नुस  अनुगमन गर्दा राज्यमन्त्रीको गाडी तोडफोड

यस्ता भ्रमवाट विचलित नहुन जनसुदायमा आग्रह गर्दै विज्ञप्तीमा भनिएको छ– ‘डोटीको समग्र विकास तथा समृद्धि र न्यायकालागि चुनावताका गरिएका प्रतिवद्धताप्रति मुख्यमन्त्री दृढ हुनुहुन्छ ।’

कमेन्ट गर्नुहोस्