Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उपचारको लागि सहयोगको अपिल

रामेछाप, साउन १६ । रामेछाप जिल्ला बेताली गाउँपालिकाकी उर्मिला कार्कीले आफ्नो उपचारको लागि सहयोग गर्दिन आग्रह गरेकी छन् ।

रत्तन्धो रोग भन्दा भिन्न प्रकारको रोग रातिमा आँखा नदेख्ने रोग लागेपछि उपचारको लागि झन्डै पच्चीस लाख लाग्ने भएपछि उक्त रकम जोहो गर्न नसक्ने भएको र आर्थिक अवस्था अत्यन्तै कमजोर भएको हुँदा आफ्नो उपचारको लागि सहयोग गरिदिन उनले आग्रह गरेकी हुन् ।

नेपालमा उपचार नहुने र उपचारको लागि बिदेश जानु पर्ने नेपाली आखा अस्पतालले जानकारी दिएपछि उनले अपिल गरेकी हुन् । दुबै आखाको अप्रेसन पछि मात्रै उनले पहिलेको जस्तै आँखा देख्न सक्ने डाक्टरहरुले बताउदै आएका छन् ।

देश तथा बिदेशमा रहेका नेपालीहरु लाई सहयोगको लागि उनको एन आई सि एसिया (NIC-ASIA) बैंक मा रहेको उर्मिला कार्की नाममा रहेको खाता उनको एन आई सि एसिया ( NIC ASIA ) बैंक मा रहेको उर्मिला कार्की नाममा रहेको खाता नम्बर 1054412704524001 रकम जम्मा गरेर सहयोग गर्न आग्रह गरेकि छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: